
अहिले नेपाल मात्र होइन, विश्वब्यापी ‘कोरोना फोबिया’(कोरोनाको डर)को सन्त्रासमा छ । सार्वजानिक बस होस् या चिया पसलमा होस्, चर्चा कोरोनाकै छ ।
कसैलाई रुघा लाग्यो कि अर्कोले आएर फ्याट्ट भनिदिन्छ, ‘कोरोना भयो कि क्या हो…।’धेरैलाई थाहा छैन् वा थाहा भएर पनि विर्सिएका छन्, कोरोना संक्रमण हुन संक्रमित क्षेत्रको हुनुपर्छ । त्यो नभए कोरोना प्रभावित क्षेत्रमा बसोबास गरेर आएको मानिस संगतमा हुनुपर्छ । कोरोनाको बारेमा धेरैनै भ्रमहरु छन् यति भ्रमकि नाम जुधेकै कारण कोराना नामल रक्सिको बारेमा गुगल सर्च इन्जिनमा पछिल्लो दिन corona beer virus भन्ने शब्दावलीको खोजी निकै बढेको छ । यसले मानिसहरू कोरोना भाइरस र बियरको लोकप्रिय ब्राण्ड कोरोनाको नाममा झुक्किएको देखिन्छ । कोरोना भाइरससँगै मानिसहरुमा कोरोना बियरप्रतिको कौतूहलता बढेको पनि हुनसक्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
तर यो कुरा भने हाम्रो देश नेपालमा भने छैन । प्रबिधि संग सरोकार राख्ने म मेरो कामकोलागि GOOGLE TRENDS हेर्न पर्यो थियो काम सक्कियपछी मलाई सुक्रवार राति एक्कासी नेपालमा के धेरै सर्च हुदो रैछ त् भनेर जान्न मन लग्यो । म चकित भए नेपालको पछिल्लो ३० दिनको ट्रेन्ड हेर्दा कोरोना भाइरसको बारेमा सर्च नै भएको देखिएन सिक्षा सेवा आयोग र खेलकुदको कुरा भन्दा केहि सर्च भएको देखिएन विडम्बना हामी अरुले फैलाएको भ्रममै चिन्तित भएर बसेको देखियो, यौटा भनाइ छ नि हामी जैले जे कुरा पनि रेडी मेडनै खोज्छौ अनि बिभिन्न अनलाइन ब्लगले अथवा सामाजिक संजालमा आएको हावा कुरामा विश्वास गर्छु, कागली कान लाग्यो कसैले भन्यो भने हामी कान नहेरी कागको पछाडी लाग्ने गर्छु, अनि त्यसैको फाइदा उठाउदै हुन्छन कथित पत्रकारहरु(Youtube पत्रकार) युतुव यस्तो मध्य हो जसलाई सदुपयोग गर्यो भने धेरै नै कुरा सिक्न र जान्न पनि सकिन्छ तर यसको सदुपयोग भन्दा नि Content Creator को पैसा कमाउने अखडा बनेको छ । त्यस्ता Content Creator ले पैसा कमाउने लोभमा धेरै भ्यु कमाउन Click Bid Content हरु देखि फेक कुराहरु पनि हालेका हुन्छन र आम जनमानसमा भ्रम फैलिन भन्दा अरु केहि उपलब्ध भएको देखिन्न । युतुव जस्तै सहजै पैसा कमाउने तरिका हो Blog लेखेर Sensational कुराहरुको बारेमा लेखेर सनसनी र मानवीय समबेदनाको पनि अलिकति पनि ख्यालनै नराखी यस्तो लेखिने गर्छ यसमा गुगल एड देखि अन्य Third Party Ads को प्रयोग गरेर पैसा कमाउन यस्तो गर्ने गर्छन ।
आखिर किन यस्तो हुन्छ त ?
यस्तो भ्रम फैलाउनमा मुख्य कारण हामी नै हुन्छौ । कुराको गहिराई सम्म नपुगी हामी त्यस्तो कन्टेन्टहरु सेयर गर्छु जसले गर्दा भ्रम धेरै भन्दा धेरै मान्छे संग पुग्ने गर्छ । आम जनमानसलाइ थाहा हुदैन यस्तो कन्टेन्ट लेख्ने अथवा बनाउने यौटा गिरोह नै हुन्छ जसले मैनौ हजारौ डलरको आम्दानी गर्ने गर्छन । यसमा अर्को दोष हो सरकार पक्ष्यको पनि कमजोर नियम कानुन, नेपाल सरकारले त्यस्तो कन्टेन्ट लेख्ने प्रसारण प्रकासन गर्न कुनै पनि पहल खासै गरेको देखिदैन गर्न खोजे पनि सफल भएको देखिदैन ।
के हो त कोरोना भाइरस ?
खासमा कोरोना भाइरसबारे विश्वभरका VIROLOGISTहरु अध्ययनकै क्रममा छन्, अहिले देखा परेको कोरोना नयाँ प्रकारको भाइरस
भएको बताइएको छ ।
सिभियर अक्युट रेस्पिरेटरी
सिन्ड्रोम (सार्स) भाइरसका कारण सन् २००१ मा ७७४ जनाको मृत्यु भएको थियो भने ८
हजार ९८ जना यसबाट संक्रमित भएका थिए । तर कोरोनालाई सार्स जत्ति हानिकारक भाइरस
मानिएको छैन । किनकि, विश्व स्वास्थ्य संगठनले कोरोना लागेका
र मृत्यु भएकाको अनुपात ४ प्रतिशत भएको बताएको छ । अर्थात १०० जना संक्रमित भएकामा
४ जनाको मृत्यु हुनसक्छ ।
कसरि आयो त कोरोना भाइरस ?
कोरोना भाइरस सार्ने चमेरो हो नै चमारोको मासु खाएर भाइरस सरेको भन्ने सामाजिक संजालमा हल्ला छ तर यथार्थमा आहिले सम्म चमरोकै मासु खौएर भाइरस सरेको भन्ने कुरा पुस्टि भने भएको छैन । अध्ययनहरूले के भनेको छ भने कोरोना भाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत वुहानको समुद्री खाद्यपदार्थ बजारबाट फैलिएको हुनसक्छ ।
कसरि ठिक हुन्छ त कोरोना भाइरस ?
सामाजिक संजालमा लसुन पानीले कोरोना भाइरस ठिक गर्छ भन्ने हल्ला फैलिएको छ तर अध्यनअनुसार लसुन पानी साधारण रुघाँखोकीको घरेलु औषधी हो । तर लसुन पानीले कोरोना ठीक भन्ने चै हल्ला हो यसमा कुनै सत्यता छैन ।
घरपालुवा जनावरबाट पनि सर्छ कोरोना भाइरस : अहिलेसम्म घर पालुवा जनावहरुले कोरोना संक्रमण देखाएको पुष्टि भएको छैन तरकुकुर र बिरालो जस्ता घर पालुवा जनावरहरु पनि मानिस जस्तै कोरोना भाइरस संक्रमणको खतरामा छन् यथार्थमा घर पालुवा जनावरले कोरोना सार्दैनन् ।
यसको लक्षण :
कोरोना भाइरसले सुरुमा ज्वरो आउने सुक्खा खोकी लाग्ने यस्तो भएको करिब एक सातापछि सास फेर्न गाह्रो हुने भनिएको छ । हालसम्म कोरोनाभाइरसको कुनैपनि उपचार अथवा भ्याक्सिन पत्ता लागि सकेको छैन बैज्ञानिकहरु अझै अनुसन्धानमा छन्। कोरोना भाइरसको संक्रमणको कारण पत्ता नलागिसकेकाले औषधी पत्ता लगाउन सहज छैन ।
के हुदै छ त तयारी नेपालमा ?
कोरोना भाइरस नेपालमा भोत्रिन नदिन बिमानस्थलमा व्यापक सतर्कता अपनाइएको छ विमानस्थल हुदै आउने आगन्तुकको प्रारम्भिक स्वास्थ्य जाच देखि अन्य प्रक्रिया पनि अपनाउन सरकारले निर्देशन गरे संगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थर्मल गनले स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ शरीरको तापक्रम सामान्यभन्दा धेरै भेटिएपछि स्वास्थ्य निगरानी कक्षमा राखेर थप परीक्षण गरिने र आवश्यक परे हस्पिटलमा रिफर गर्न थालिएको छ ।
हालसम्म नेपालमा १ जना मात्र कोरोना भाइरसको संक्रमणमा परेको कुरा पुस्टि भएको छ भने छेमिकी रास्ट्र भारतमा ३१ जना संक्रमण भएको भेटियो (यो ब्लग लेख्दा सम्म) यो लेख्दै गर्दा हालसम्म विस्व भरि ३,३८१ जनाको भाइरसकै कारणले मृत्यु भएको पुस्टि भएको छ । हालसम्म सबै भन्दा धेरै चिनमा ८०,७१० भाइरसबाट संक्रमण भएको भेटिएको छ । करिव १ लाख भन्दा बडी कोरोना भाइरसबाट सिकार भएको देखिएको छ ।
नेपालमा सर्च ट्रेन्ड हेर्ने हो भने कोरोना को बारेमा आफै जानकारी निकाली बुझ्ने गरेको देखिएन । Health topicमा फिल्टर गरेर हेर्दा भने CoronaVirus Latest update भनेर सर्च गरेको देखियो । सर्चको १५-२० नम्बरमा भने कोरोनाको बारेमा सर्च गरिएको देखियो ।